
फाइल तस्वीर ।
काठमाडौं, साउन २६ । सोमबार पनि सुन–चाँदीको भाउमा सामान्य कमी आयो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन पनि स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर तोलाको एक लाख दुई हजार ४०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार पनि सुनको भाउ तोलामा ९०० ले घटेर तोलाको एक लाख दुई हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर तोलाको १३ सय ९५ कायम भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रतिऔंन्स दुई हजार ३३ डलर हाराहारीमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्