
कैलाली, साउन २६ । लगातारको वर्षाका कारण कर्णाली नदीले खतराको संकेत नाघेको छ ।
कर्णाली नदीमा सोमबार दिउँसो पानीको सतह १०.१० मिटर पुगेको इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक दीर्घबहादुर बोगटीले जानकारी दिनुभयो ।
१० मिटरभन्दा बढी पानीको सतह भए खतराको संकेत मानिने भन्दै नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई सतर्क रहन आग्रह गरिएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्