७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


काठमाडौं उपत्यकामा ४४३ जना कोरोना संक्रमितको उपचार हुँदै


0
Shares

corona

काठमाडौं, साउन २६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा ४४३ जना कोरोना संक्रमितको उपचार भइरहेको जनाएको छ ।

मन्त्रालयकाअनुसार ४४३ जनामध्ये ४०८ जना ‘आइसोलेसन’कक्षमा, ३४ जना आइसीयु र एकजनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

जसमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा ४९ जना, बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा ११२, कीर्तिपु स्थित आयुर्वेदिक अस्पतालमा ८८ जना, पाटन अस्पतालमा ८६, दुवाकोटस्थित केएमसी अस्पतालमा ८१, महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा ११ र धापासीस्थित ग्रान्डी अस्पतालमा छजना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

मन्त्रालयकाअनुसार लक्षण देखिएका संक्रमितलाई आइसीयुकक्षमा राखिएको छ ।

उपत्यकामा हालसम्म एक हजार १३६ जनामा संक्रमण पुष्टि भइसकेको छ । जसमा सबैभन्दा धेरै काठमाडौंमा ९१२ संक्रमित रहेका छन् ।