१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गोंगबुमा सुटकेसमा फालिएको शव सनाखतको लागि फोटो सार्वजनिक


0
Shares

gongabu murder case identify people police kathmandu

काठमाडौं, साउन २६ । काठमाडौंको गोंगबुमा सुटकेसमा फालिएको अवस्थामा भेटिएको शवको सनाखतको लागि प्रहरीले मृतकको फोटो सार्वजनिक गरेको छ ।

टोखा नगरपालिका वडा नम्बर–१०, नवज्योती मार्गमा शरीर सुटकेसमा र टाउको र खुट्टा प्लास्टिकले बेरेको अवस्थामा फेलापरेको अन्दाजी ५० वर्ष उमेरका ती व्यक्तिको सनाखत नभएका कारण प्रहरीले सर्वसाधारणलाईसमेत सनाखत गर्न सहयोगका लागि अनुरोध गरेको छ ।

महानगरीय अपराध महाशाखाले हत्या गरिएका व्यक्तिको अनुहार प्रष्टै भएकाले उनको फोटो सार्वजनिक गरी मृतक पुरुषको सम्बन्धमा कुनै जानकारी वा सूचना भए १०० नम्बरमा फोन गरी जानकारी गराउन पनि अपील गरेको छ ।

घटनाबारे महानगरीय परिसर काठमाडौं, अपराध अनुसन्धान महाशाखा र स्थानीय प्रहरीको टोलीले अनुसन्धान गरिरहेको छ ।