१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकार बिचौलियाको कठपुतली बन्यो : कांग्रेस


0
Shares

nepali congress

काठमाडौं, साउन २६ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बिचौलियाको कठपुतली बनेको आरोप लगाएको छ ।

कोरोना संक्रमणको समयमा भ्रष्टाचार, अनियमिततालाई प्रोत्साहन दिएको सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गरेर आफ्नो नांगो रुप देखाएको कांग्रेसको ठहर छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा कोभिड–१९ अनुगमन समितिले गरेको पत्रकार सम्मेलनमा पार्टी सहमहामन्त्री तथा समिति संयोजक डा. प्रकाशशरण महतले संकटको समयमा जनस्वास्थ्यका विषयलाई सम्बोधन गर्न नसक्नु सरकारको अकर्मण्य, नालायक र गैरजिम्मेवारपन भएको आरोप लगाउनुभयो ।

निजी स्वार्थमा रमाइरहेको सरकारबाट नेपाली जनताले आश गर्ने ठाउँ बाँकी नरहेको संयोजक महतले दाबी गर्नुभयो ।

उहाँले संक्रमण समुदायस्तरमा फैलिएकाले संक्रमित ठाउँहरुको सघन अनुगमन तथा परीक्षण बढाउन सरकारसँग माग गर्नुभयो ।

समितिले सरकारसँग १३ बुँदे माग राख्दै पूर्ण ‘लकडाउन’ समस्याको समाधान नभएकाले संक्रमण भएका ठाउँहरुमा लकडाउन र ‘आइसोलेसन’को व्यवस्था गर्न अनुरोध गरेको छ ।

समितिले विदेशमा बेरोजगार भएकाहरुको यथाशीघ्र उद्धार गर्न, उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहान भत्ताको व्यवस्था गर्न तथा जोखिम बढिरहेको समयमा निजी अस्पतालहरुलाईसमेत संकट नियन्त्रणमा उपयोग गर्न माग गरेको छ ।

सरकारले बनाएको कोभिड नियन्त्रण समिति पूर्णरुपमा असफल भएको समितिको निष्कर्ष छ ।

नेपाली कांग्रेसकोभिड—१९ अनुगमन समितिश्रावण २६, २०७७प्रेस नोटदेश कोभिड—१९ को संक्रमणको मारमा छ । तर नेकपाको सरकार…

Posted by Nepali Congress on Monday, August 10, 2020