
झापा, साउन २६ । झापामा नेपाली सेनाका प्यूठसहित थप आठजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गौरादह नगरपालिकामा पाँचजना र भद्रपुर नगरपालिकामा तीनजनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै झापामा संक्रमितको संख्या ४०६ पुगेको छ ।
गौरादहका संक्रमितमध्ये दुईजना सशस्त्र प्रहरी छन् । सशस्त्र प्रहरी बल इलाममा कार्यरत् उनीहरु घर बिदामा आएका थिए ।
त्यस्तै, साउदी अरबबाट फर्किएका तीन पुरुषमा पनि संक्रमण देखिएको हो ।
यता, भद्रपुर नगरपालिकामा पुष्टि भएका तीनजनामध्ये एकजना नेपाली सेनाका ३३ वर्षीय प्यूठ छन् । श्री नयाँ श्रीनाथ गण चाराआलीमा कार्यरत् उनीसहित अरु दुईजनामा संक्रमण देखिएको हो । दुवैजना दुबईबाट फर्किएका हुन् ।
प्रतिक्रिया दिनुहोस्