१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


डोटीमा घर भत्किंदा एकै परिवारका चार जनाको मृत्यु, चार घाइते


0
Shares

-विक्रम खड्का/ईमेज
डोटी । डोटीको आदर्श गाँउपालिका– १ खलगडामा घर भत्कंदा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार स्थानीइ लोगे विकको घर भत्कँदा उनकी श्रीमती विष्णा विक, १२ वर्षीय छोरा पारस विक, आठ वर्षीया छोरी सिर्जना विक र चार वर्षीया छोरी जेनिसा विकको मृत्यु भएको हो ।

त्यस्तै घटनामा गरी उनकी आमा ताना लुहार र छोरी घाइते भएका छन् । यस्तै भेटघाट गर्न आएका लोगेकी सासु आमा र साला पनि घाइते भएका छन् ।

घटना गए राती करिब एक बजेको भएको र स्थानीय स्वास्थ्य केन्द्रमा उपचारपछि घाइतेहरुलाई थप उपचारका लागी साविकको जिल्ला सदरमुकाम ल्याइएको स्थानीय गोविन्द पार्कीले बताउनु भएको छ ।

प्रहरी घटनास्थलमा पुगिसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक इन्द्र वहादुर मल्लले बताउनु भएको छ ।