
काठमाडौं । गत मंगलबार बेरुतमा भएको शक्तिशाली बिस्फोटपछि लेबनानको सरकार ढलेको छ ।
बिस्फोटलगत्तै सर्वसाधारणको आक्रोश बढ्न थालेपछि मन्त्रिपरिषदका सबैले राजीनामा दिएका छन् ।
प्रधानमन्त्री हसन डिएबले टेलिभिजनमार्फत सम्बोधन गर्दै राजीनामा दिएको घोषणा गर्नुभएको हो ।
सर्वसाधारणले नेताहरुको बेवास्ता र भ्रष्टाचारका कारण देशको अवस्था खराब बनेको तथा सोही कारण बिस्फोट पनि भएको आरोप लगाएका छन् ।
बिस्फोट पछि लगातार सरकार विरोधी प्रदर्शनहरु भइरहेका छन् । मंगलबार राति बेरुतको तटीय क्षेत्रमा भण्डारणमा रहेको बिस्फोटक पदार्थ बिस्फोट भएपछि सर्वसाधारण आक्रोशित बनेका हुन् ।
विगत ६ वर्षदेखि गोदाममा असुरक्षित रुपमा भण्डारण गरिएको २७ सय ५० टन एमोनियम नाइट्राइट गएको मंगलबार बिस्फोट भएको थियो ।
उक्त बिस्फोटमा परेर कम्तीमा २२० जनाको ज्यान गइसकेको छ भने ११० जना अझै बेपत्ता छन् । घटनामा ६ हजार मानिस घाइते भएका छन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्