२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


गोंगबु हत्या प्रकरण: आरोपित महिलाका श्रीमान विदेशमा, शव व्यवस्थापनमा छोरीको सहयोग


0
Shares

काठमाडौं । काठमाडौंको गोंगबुमा आइतबार भएको हत्यामा संलग्न रहेको आरोपमा चितवनबाट पक्राउ परेकी महिलालाई काठमाडौं ल्याएर अनुसन्धान सुरु गरेको छ ।

हत्या आरोपित महिला कल्पना शाही र उनकी १५ वर्षीया छोरीलाई मंगलबार बिहान काठमाडौं ल्याई प्रहरीले टोखा नगरपालिकाको नवज्योती मार्गमा हत्या गरिएको घरमै लगेर बयान लिएको छ ।

हत्या गरिएका दाङका कृष्णबहादुर बोहोरासँगको सम्बन्धबारे खुलाइएको छैन । बयानकै क्रममा ती महिलाले बोहोराको हत्या गरेको र शव व्यवस्थापनमा छोरीले सहयोग गरेको खुलेको छ ।

ती महिला विगत ४ वर्षदेखि घटनास्थलबाट केही मिटर पर रहेकोे किरण बस्नेतको घरको तेस्रो तल्लामा आफ्नी एक छोरी र एक छोरासँग बस्दै आएकी थिइन ।

ती महिलाका श्रीमान भने खाडी मुलुकमा रहेको र ठुली छोरीको भने विवाह भइसकेको छ ।

हत्यापछी शवलाई टुक्राटुक्रा पारी सुटकेशमा राखिएको र टाउको र खुट्टा भने प्लाष्टिको झोलामा राखि फालिएको थियो ।

शव ब्यबस्थापनपछी आमा छोरी एम्बुलेन्स भाडामा लिई चितवन पुगेको खुलासा भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।