१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


त्रिशुली नदीमाथिको झोलुङ्गे पुल बाढीले बगायो: पाँच मिनेटको बाटो पार गर्न हिजोआज एक घन्टा(भिडियो)


0
Shares

-डोलराज रानाभाट/ईमेज
चितवन । तनहुँ देवघाट गाउँपालिका दोन्द्राङवेसी र चितवनको सिमलताल जोड्ने त्रिशुली नदीमाथिको झोलुङ्गे पुल तर्दै गर्दा केही दिन अघि एक स्थानीयको मृत्यु भयो ।

उनको मृत्यु हुँदासमेत सरोकारवालाहरुले पुल मर्मतमा कुनै चासो नदिंदा स्थानीयलाई समेत आवतजावतमा समस्या भएको छ ।

देवघाट गाउँपालिकाकाको दोन्द्राङवेसी र चितवनको सिमलताल जोड्ने त्रिशुली नदीमाथिको झोलुङ्गे पुल बाढीले बगाउँदा आवतजावतमा समस्या भएको हो ।

स्थानीय व्यक्ति दैनिक उपभोग्य सामान किन्न चितवनतर्फ जाँदै गर्दा पुल तर्नेक्रममा नदीमा खसेका थिए ।

भरतपुर– २९ सिमलतालकी अस्मिता गुरुङले दैनिक उपभोग्य सामान खरिदका लागि तनहुँतर्फका स्थानीय त्यही पुल भएर ओहोरदोहोर गर्नुपर्ने बताउनुभयो ।

आफ्नो घर पनि नदीले कटान गर्दा जोखिममा परेको तर तटवन्धका लागि निवेदन दिँदा अहिलेसम्म पनि सुनुवाइ नभएको उहाँको गुनासो छ ।

त्यतिमात्र हैन झरी पर्नासाथ रातभर जागेर वस्नुपर्ने वाध्यता स्थानीयको छ । पुल मर्मत नहुँदा पाँच मिनेटको वाटो हिजोआज एक घण्टा लगाएर अर्को पुलवाट तर्नुपर्ने बाध्यता छ ।

नदीमा पुलको लठ्ठा वाहेक केही वाँकी छैन । त्यस्तै विग्रिएको पुलमा खतराको संकेतसमेत नराखिँदा झनै जोखिम वढेको छ ।

एकजनाको ज्यान गएपछि तनहुँ तर्फको भागमा बार लगाएपनि चितवन तर्फ अहिलेसम्म सुरक्षाको कुनै उपाय अपनाइएको छैन ।

यता भरतपुर–२९ का वडाध्यक्ष मन वहादुर मगरले फिल्ड भिजिट गरी प्रतिवेदन तयार गरिएको र चाँडै माथिल्लो निकायमा पठाउने बताउनुभयो ।

सदरमुकामबाट टाढा रहेका बासिन्दाका लागि वर्षाको समयमा नदीमा पुल नहुँदा समस्या भोग्नु पर्ने बाध्यता छ भने मृत्युको जोखिमलाई सरोकारवाला निकायले नजरअन्दाज गर्न मिल्दैन ।

भिडियो