१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाल कोरोनाको उच्च जोखिममाः स्वास्थ्यमन्त्री ढकाल


0
Shares

coronavirus

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना साम्य भएका केही उद्गम स्थानहरुमा नै संक्रमण भयावह बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

काठमाडौंमा आज परोपकारी प्रसूती तथा स्त्रीरोग अस्पतालको ६१ औं वार्षिक उत्सवका अवसरमा स्वास्थ्यमन्त्री ढकालले पछिल्लो समय कोरोनाको उच्च जोखिम बढिरहनु नेपालका लागि चुनौतीपूर्ण रहेको बताउनुभयो ।

जनताको स्वास्थ्यमा सरकार निस्वार्थ भावनाले सेवा गर्न चाहेको भन्दै उहाँले कोभिड–१९ न्यूनीकरण गर्दै सावधानी अपनाएर काम गर्नमा सरकार जुटिरहेको बताउनुभयो ।

कोरोना नियन्त्रणमा विश्वका शक्तिशाली राष्ट्रहरु नै थिलथिलिएको स्मरण गराउँदै उहाँले पीसीआर परीक्षणमा नेपाल अन्य मूलुकभन्दा धेरै अगाडी रहेको जीकिर गर्नुभयो ।

यस्तै, परोपकारी अस्पतालको चौतर्फी विकासका लागि मन्त्रालयबाट सहयोग रहने पनि विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कोरानालाई वेवास्ता गर्दै सर्तकता नअपनाउँदा भयावह अवस्था आउन सक्ने भन्दै चिन्ता गर्नुभयो ।