
वीरगञ्ज । कोरोनाको हटस्पट बन्दै गएको वीरगन्जमा दुई चिकित्सकसहित थप ७० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
नारायणी अस्पतालको प्रयोगशालामा हिजो गरिएको पीसीआर परीक्षणमा २२ महिला र ४८ जना पुरुष गरी ७० जनामा संक्रमण देखिएको अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ट डा. मदन उपाध्यायले जानकारी दिनुभयो ।
संक्रमित हुनेहरुमा ५ वर्षीया बालिकासहित ८६ वर्षका वृद्धसमेत रहेको बताइएको छ । संक्रमितहरु चारजना बाराका र ६६ जना पर्साका विभिन्न वडाका छन् ।
नयाँ थपिएका संक्रमितबाहेक यसअघि नै पर्सामा १ हजार ३८ जना संक्रमित पुष्टि भइसकेका छन् ।
आज थपिएका संक्रमितलाई भने प्रदेश २ को सामाजिक विकास मन्त्रालयले पुष्टि गर्न बाँकी रहेको नारायणी अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्