
सुनसरी । वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानले कोरोना संक्रमित बिरामीलाई भर्ना लिन नमानेपछि धरान उपमहानगरपालिकाले स्थानीयका लागि छुट्टै आइसलेशन सेन्टरको व्यवस्था गरेको छ ।
धरान उपमहानगरपालिका १९ स्थित हरियाली सामुदायिक वनको भवनमा २२ बेडको आइसोलेशन सेन्टर स्थापना गरिएको धरानका मेयर तिलक राईले बताउनु भयो ।
धरानका १२ जना कोरोना संक्रमित वीपी प्रीतष्ठानमा बेड नभएर फिर्ता पठाएपछि उनीहरुलाई राख्न छुट्टै आइसोलेशन सेन्टर स्थापना गरीएको हो ।
वीपी प्रतिष्ठानका उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरीले बिरामीको उपचारमा ध्यान नदिँदा समस्या बढ्दै गएको पीडितहरुको आरोप छ ।
स्थानीय सरकारसँग समेत समन्वय नगरेका कारण कोरोना संक्रमित बिरामीले अस्पतालबाट उपचार सेवा पाउन सकेका छैनन् ।
वनको भवनमा स्थापना गरीएको आइसोलेशन सेन्टरमा सिसी टिभी जडान गरेर बाहिरी सुरक्षा नेपाली सेनालाई दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्