१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कर्णाली नदीको तटबन्ध फुट्ने खतरा


0
Shares

केशव कोइराला,
बर्दिया । बर्दियामा कर्णाली नदीको तटबन्ध (बाँध) फुट्ने खतरा बढेको छ । जिल्लाको राजापुर नगरपालिका–३ नंगापुरमा नदी छेक्न बनाइएको बाँध फुट्ने खतरा बढेको हो ।

केदी दिन यता परेको अविरल बर्षाका कारण कर्णाली नदीमा पानीकोे बहाव उच्च भएकाले नदीले तटबन्धको झण्डै ९० प्रतिशत भाग भत्काएको छ ।

कर्णाली नदीको पानी जुनसुकै बेला बस्तीमा पस्न सक्ने र जोखिम उच्च रहेको भन्दै जिल्ला प्रशासन कार्यलय बर्दियाले राजापुर नगरपालिकाका-३, ४ र ७ का बासिन्दालाई उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले नदीले कटान गरेको क्षेत्रमा अस्थायी तटबन्धको व्यवस्था मिलाउन कर्णाली नदी व्यवस्थापन आयोजनालाई निर्देशन दिनुका साथै स्थानीय बासिन्दाहरुलाई सुरक्षित स्थानमा बस्न आग्रह समेत गरिएको बताउनुभयो ।

अहिले उक्त स्थानमा जनपथ ,सशस्त्र प्रहरी र जनप्रतिनीधि स्थानीय बासिन्दाहरु अस्थायी तटबन्ध बनाउन जुटेका छन् ।