१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


मालारानी गाउँपालिकामा गाउँमै आयमूलक उद्यम गर्न चाहनेलाई कर्जा


0
Shares

arghakhanchi

अर्घाखाँची, साउन २७ । अर्घाखाँचीको मालारानी गाउँपालिकाले गाउँमै आयमूलक उद्यम गर्न चाहनेलाई कर्जा दिने भएको छ ।

कृषि विकास बैंकको सहकार्यमा कर्जा दिन सुरु गरिएको गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले जानकारी दिनुभयो ।

यसअन्तर्गत् व्यावसायिक कृषि तथा पशुपक्षी कर्जाअन्तर्गत् १० लाख रुपैयाँसम्म, शिक्षित युवा स्वरोजगार कर्जा सात लाख, विदेशबाट फर्केका युवा परियोजना कर्जा १० लाख, महिला उद्यमशीलता कर्जा १० लाख र दलित समुदाय व्यवसाय विकास कर्जा १० लाख रुपैयाँसम्म उपलब्ध गराउने अध्यक्ष आचार्यको भनाइ छ ।

यसका लागि गाउँपालिकाको सिफारिस र परियोजनाको सम्भाव्यताको आधारमा कृषि विकास बैंकले कर्जा लगानी गर्नेछ ।

कर्जाहरुमा महिला उद्यमशीलतालाई हाल ३ प्रतिशत ब्याजदर तोकिएको छ भने अन्य कर्जाको हकमा ४ प्रतिशत ब्याजदर ग्राहकले तिर्नुपर्ने हुन्छ ।