१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरुको कोरोना परीक्षण सम्पन्न


0
Shares

football

काठमाडौं, साउन २७ । फिफा विश्वकप छनोट र एसियाली कप छनोटका लागि प्रशिक्षणमा सहभागी हुने राष्ट्रिय फुटबल टिमका खेलाडीहरुको कोरोनाभाइरसको ‘पीसीआर’ परीक्षण सम्पन्न भएको छ ।

सोमबार पहिलो दिन ११ तथा दोस्रो दिन मंगलबार २३ खेलाडीको परीक्षण भएको हो ।

पहिलो दिन खेलाडीसहित २५ तथा दोस्रो दिन खेलाडीसहित २९ गरी फुटबलसँग आवद्ध ५४ जनाको परीक्षण भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

एन्फाले मंगलबार तेज तामाङ, विकेश कुथु, आशिष लामा, अजित भण्डारी, एरिक विष्ट, सेसेहाङ आङदेम्बे, विक्रम लामा, अमित तामाङ, सुमन अर्याल, भरत खवास, सरोज दाहालको परीक्षण भएको जनाएको छ ।

त्यस्तै, अभिषेक रिजाल, सुवास गुरुङ, अनन्त तामाङ, सुनिल बल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, विशाल श्रेष्ठ, रोहित चन्द, किरण चेम्जोङ, विकास खवास, जर्जप्रिन्स कार्की र सुजल श्रेष्ठको परीक्षण गरिएकोे छ ।

सोमबार विशाल राई, रन्जित धिमाल, मिक्चेन तामाङ, रवि पासवान, दर्शन गुरुङ, विमल राना, दीप कार्की, दिलेन लोक्तान, छिरिङ गुरुङ, देवेन्द्र तामाङ र पुजन उपरकोटीको परीक्षण गरिएको थियो ।

मंगलबार टिम व्यवस्थापक मधुसुदन उपाध्याय, कृष्णभक्त मानन्धर, विशाल मल्ल, विवेक सुवेदी, युजल श्रेष्ठ र डा. राजु डंगोलको परीक्षण भएको थियो ।

सोमबार भने ११ खेलाडीसहित एक फिजियो, एक प्रशिक्षक र एन्फा होस्टलका १२ स्टाफ गरी २५ जनाको परीक्षण भएको थियो ।

डा. डंगोलले सबैको रिपोर्ट एकैपटक आउने बताउनुभयो । यो रिपोर्टका आधारमा एन्फाले भदौ १ गतेदेखि अभ्यास सुरु गर्ने जनाएको छ ।

नेपालले छनोटका तीन खेल खेल्न बाँकी छ । दशरथ रंगशालामा नेपालले आउँदो असोज २२ गते चाइनिज ताइपेईसँग, त्यसको पाँच दिनपछि अष्ट्रेलियासँग र कात्तिक २७ गते जोर्डनसँग खेल्नेछ ।

नेपालले अहिलेसम्म खेलेका पाँच खेलमा चाइनिज ताइपेईलाई हराउँदा बाँकी सबै खेल हारेको छ ।