
कञ्चनपुर, जेठ २३ । कञ्चनपुरको महेन्द्रनगरस्थित एक होटलका कामदारको रहस्यमय मृत्यु भएको छ ।
महेन्द्रनगर बसपार्कनजिक रहेको अपी होटलमा काम गर्ने बैतडीको मेलौली नगरपालिका–३ आमचौराका भाष्कर सुवेदीको गएराति होटलमै सुतेको अवस्थामा रहस्यमय तरिकाले मृत्यु भएको हो ।
बेलुका काम सकेर काउन्टर नजिकको भुइँमा म्याट्रेस ओछ्याएर सुतेका सुवेदी बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
दुवैतिरको ढोका बन्द गरी काउण्टरको पछाडिपट्टी सुवेदी सुतेको सीसीटीभीमा देखिएको प्रहरीले जनाएको छ ।
बिहान ४ बजे पाहुनाले ढोका खोल्दा नखुलेको र काउन्टरमा फोन गर्दासमेत नउठेपछि प्रहरीलाई खबर गरेका थिए ।
होटल संचालक कैलाश कार्कीले सुवेदी कुनै बिरामी नभएको र दिनभर काम गरेर सुतेको बताए ।
मृतकको शव पोस्टमार्टका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । पोस्टमार्टमपछि मृत्युको कारण खुल्ने प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्