१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमेरिका निर्वाचनः एसियन अमेरिकन कमला ह्यारिस उपराष्ट्रपतिको उम्मेदवार


0
Shares

काडमाडौं । अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका लागि डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले उपराष्ट्रपतिका लागि सिनेटर कमला ह्यारिसलाई अघी सार्नुभएको छ ।

लामो प्रक्रिया र विभिन्न चरणमा नेतृहरुसँग गरिएको अन्तर्वार्तापछि बाइडेनले क्यालिफोर्नियाकी ५६ वर्षीय सिनेटर ह्यारिसलाई छनौट गर्नुभएको हो ।

भारतीय मुलकी ह्यारिसले कुनै समय राष्ट्रपति उम्मेदवार बन्नका लागि बाईडेनलाई नैं चुनौती दिनुभएको थियो ।

उपराष्ट्रपति उम्मेदवार बन्ने ह्यारिस पहिलो अश्वेत र एसियन अमेरिकन हुनुहुन्छ । अमेरिकाको इतिहासमा यसअघि दुईपटक मात्रै महिला नेतृलाई राष्ट्रपतिका उम्मेदवारले आफ्नो उपराष्ट्रपति चयन गरेका छन् ।

सन् २००८ मा रिपब्लिकनबाट सारा पालिन र सन् १९८४ मा डेमोक्रेटिक पार्टीबाट गेराल्डिन फेरारोलाई उपराष्ट्रपति उम्मेदवार बनाइएको थियो ।

तर उहाँहरु दुवै जना चुनावमा पराजित हुनुभयो । प्रहरीको ज्यादतीका कारण अश्वेत अमेरिकी जर्ज फ्लोइडको निधनपछि देशभर सुरु भएको रंगभेद विरोधी आन्दोलनपछि बाइडेनलाई अश्वेत महिलालाई उपराष्ट्रपति उम्मेदवार चयन गर्न दबाब थियो ।

बाइडेन–ह्यारिसले आउँदो नोभेम्बर ३ मा हुने चुनावमा रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्सको सामना गर्नुहुनेछ । एजेन्सी