२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


जिपी फाउन्डेसन अमेरिकामा सक्रिय, फेरि सुरु गर्‍यो खाद्यन्न वितरण


0
Shares

काठमाडौं । गिरिजा प्रसाद कोइराला(जिपी) फाउण्डेशन अमेरिकाले फेरि निशुल्क खाद्यन्न वितरण सुरु गरेको छ ।

फाउण्डेशन अमेरिकाले कोभिड १९ को महामारी सुरु भए लगत्तै समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्देश्यले आफैंं वितरण गर्दै आएको निशुल्क खाद्यन्न वितरण बाह्रौं र अन्तिम पटक जुन २३, २०२० बेलुका भव्यताका साथ सम्पन्न गरेको थियो ।

फाउण्डेशनका गतिविधिहरु न्युयोर्क शहरका मेयर कार्यालय, ब्रुक्लीनबोरो प्रेसिडेन्टको कार्यालय, क्वीन्सबोरो प्रेसिडेन्टको कार्यालय, न्युयोर्क राज्यका सेनेटरहरु, न्युयोर्क राज्यका ऐसेमब्ली मेम्बरहरु र न्युयोर्क शहरका सिटी काउन्सील मेम्बरहरुले प्रत्यक्ष अवलोकन गरेका थिए ।

उनीहरुकै अनुरोधमा फाउण्डेशनले फेरि निशुल्क खाद्यन्न वितरण अगस्ट ११, २०२० वाट फेरि सुरु गरेको छ।

फाउण्डेशनले विभिन्न समुदायका ६ हजार जना भन्दा बढीमा सेवा पुराइसकेको जानकारी फाउण्डेशन अध्यक्ष सोमनाथ घिमिरे दिए ।

फाउन्डेसनले मंगलवार बेलकी ७२(२४ ब्रोडवे, ज्याक्सन हाईट्स, न्युयोर्कमा १०० बक्स निशुल्क खाद्यन्न (ग्रोसरी,ड्राय फुड) र २५०० पिस सर्जिकल मास्क वितरण गरेको छ ।

ग्रोसरी र एकहजार पिस मास्क क्वीन्स बोरो प्रेसिडेन्ट सारोन लि, पाँचसय पिस मास्क सेनेटर माईकल ज्यानारेसिस, पाँचसय पिस मास्क ऐसेमब्लीमेन माईकल डेनडेक्कर र पाँचसय पिस मास्क सेनेटर जोन लु बाट फाउण्डेशनलाई सहयोग प्राप्त भएको पनि घिमिरेले जानकारी दिए ।

फाउन्डेसनको निःशुल्क खाद्य सामग्री र मास्क वितरण कार्यक्रममा उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्यद्वय सूर्य सिम्खडा र विनोद थापा खटिएका थिए ।

स्वयंसेवीहरुमा नेपाली कांग्रेसका युवा नेताहरु क्रमशः ज्ञानल थापा, प्रेम क्षेत्री, पंकज सुब्बा, अनिल पण्डे, दिपक पन्त, ध्रुव कुँवर, सुवोध खाती सक्रिय थिए ।

फाउण्डेशनकी महिला सदस्यहरु रेखा श्रेष्ठ र भावना सिम्खडा, कांग्रेस नेत्री कमला पन्त र घ्याल्सुम्दो सेवा सस्थां अमेरिकाकी अध्यक्ष निमा ल्हमो लगायतले पनि सक्रिय भूमिका निभाए ।

अध्यक्ष निमा ल्हमोलाई फाउण्डेशनले २५० वटा सर्जिकल मास्क हस्तान्तरण पनि गरेको थियो । फाउन्डेसनले सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।