
इलाम । अलैंचीको मूल्य निरन्तर ओरालो लाग्न थालेपछि इलामका किसान चिन्तित बनेका छन् ।
पाँच वर्षअघि प्रतिमन रू १ लाख ३० हजारले विक्री भएको अलैंची निरन्तर ओरालो लाग्दै हाल प्रतिमन २० हजारमा आइपुगेको हो ।
पछिल्लो समय किसानले अन्नबाली नै मासेर अलैंची खेति गर्न थालेपनि लकडाउनले मुल्यमा गिरावट आउन थालेपछि किसान मर्कामा परेका छन् ।
जिल्लाका किसानले उत्पादन गरेको नगदे बालीमध्ये सबैभन्दा धेरै पैसा आउने नगदेबालीका रुपमा अलैंची रहेको छ ।
सरकारले पनि अलैंची किसानलाई सिंचाइका लागि पाइप, हिउँदमा तुसारोबाट जोगाउनका लागि केही सहयोग गर्नुका साथै बिक्रिका लागि सहज बजार खोजिदिनुपर्ने किसानको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्