
डोटी । डोटीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । भारतबाट यात्रु बोकेर आएको ना ६ ख २५२९ नम्बरको बस डोटीको पूर्वीचौकीमा दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।
बुधबार बिहान करिब ६ बजेतिर दुर्घटना भएको गाडीबाट घाइते भएका केहीको उद्धार गरी डोटी अस्पताल लगिएको र केहीको उद्धार गर्ने काम भैरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिनुभयो ।
नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले घाइतेहरुको अहिले उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
मृतकहरुको पहिचान खुल्न सकेको छैन् । भारतबाट यात्रु बोकेर आएको उक्त गाडी अछामतिर जाँदै गरेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्