७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


डोटी र पाल्पामा भएको छुट्छुटटै सवारी दुर्घटनामा ५ जनाको मृत्यु, ३६ घाईते


13
Shares

डोटी पाल्पा । डोटीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् ।

पुर्वी चौकी गाउँपालिका १ तल्लो फुलोटमा ना ६ ख २५२९ नम्वरको बस र्दुघटना भएको हो ।

भारतबाट फर्केका ३४ जना यात्री बोकेको बस धनगढीबाट अछाम जाने क्रममा दुर्घटना भएको डोटीका प्रहरी नायव उपरिक्षक ईन्द्रबहादुर मल्लले जानकारी दिनुभएको छ ।

मृतकको सनाखत हुन सकेको छैन भने घाईतेको उद्धार गरी अस्पताल लगिदै छ । निरन्तर बर्षा भईबाटो चिप्लो भएका कारण बस दुर्घटना भएको हुन सक्ने बताईएको छ ।

यता, पाल्पाको निस्दी गाउँपालिका वडा नंं ५ गल्धाको पटकसरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् ।

नेमा निस्दी गाउँपालिका ५ का ६३ वर्र्षीय ठाकुर प्रसाद फाल र निस्दी गाउँपालिका ४ का ३ महिने बालक सिमोन कालुङ रहेका छन ।

३ महिने बालक कालुङको उपचारको लागी तानसेन ल्याउदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

लु १ ज २८८७ नंबरको जीप निस्दीको ज्यामिरे बाट गल्धा तर्फ आउदै गर्दा हिजो वेलुका दुर्घटना भएको हो ।

घाईते ५ जनाको तानसेनको लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भईरहेको छ भने एक जनाकोे बुटवल चौराहा अस्पतालमा उपचार भईरहेको पाल्पा प्रहरीले जनाएको छ ।