१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वीरगन्जको अवस्था भयावह बन्दै: संक्रमण समुदायमा फैलिन थाल्यो, उपचार प्रभावित


0
Shares

-अनिल तिवारी/ ईमेज

वीरगन्ज । कोरोना संक्रमण समुदायमा फैलिन थालेपछि वीरगन्जको अवस्था भयावह बन्दै गएको छ ।

ठुलो संख्यामा चिकित्सक र स्वास्थ्यकर्मी संक्रमित भएको कारण कोरोनाको उपचार समेत प्रभावित भएको छ ।

करीव तीन महिना लामो लकडाउनपछि सहज बन्दै गएको वीरगन्जको जनजिवन पुन भयावह बन्दै गएको छ ।

समुदाय स्तरमै संक्रमण फैलिसकेको छ । स्थानीय प्रशासनले गत दुई हप्तादेखि लगाइएको निशेधाज्ञाले पनि संक्रमण न्युनिकणमा खासै राहत ल्याउन सकेको छैन ।

संक्रमणको भयावह अवस्थासंगै बढेको मृत्युदरले महानगरवासीलाई भयभित बनाएको छ ।

पर्सा जिल्लाका पाँच दर्जन भन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मी संक्रमित भएपछि उपचारमा कठिनाइ उत्पन्न भएको छ ।

नारायणी अस्पतालमा मात्र कार्यरत ८ जना चिकित्सक, १० स्टाफ नर्स, लगायत ३७ जना संक्रमित भई आइसुलेसनमा बसेपछि उपचारमा समस्या देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिनुभएको छ ।

पर्सामा अहिलेसम्म करिव ११ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगंजको विभिन्न अस्पतालमा उपचारको क्रममा करीव दुई दर्जन कोरोना संक्रमितको मृत्यु भएको छ ।

संक्रमणको दर तिव्र रुपमाम बढदै गएकोले संक्रमितहरुको उपचारमा कठिनाइ भएको नारायणी अस्पतालका कोरोना उपचारका प्रमुख डाक्टर निरज कुमार सिंह जानकारी गराउनुभएको छ ।्

पर्सामा संघीय सांसददेखि महानगरका नगर प्रमुख लगायत नगरपालिकाका कर्मचारी ,प्रहरी ,सेना ,स्वास्थ्यकर्मी ,कारागारका कर्मचारी र बन्दी समेत कोरानाबाट संक्रमित भएका छन् ।

हेर्नुहोस भिडियो