१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुन एकैदिन ६ हजार दुई सयले घट्यो


0
Shares

काठमाडौं । आज सुनको मूल्य एकैदिन ६ हजार रुपैयाँले घटेको छ । हिजो एक लाख एक हजार ६ सयमा कारोबार भएको सुन ६ हजार दुई सयले घटेर ९५ हजार ४ सय कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबारबाट यता सुनको मूल्य क्रमिक रुपमा ओरालो लाग्न सुरु गरेको थियो । यसअघि गत शुक्रबार सुनको मूल्य बढेर एक लाख तीन हजार पाँच सयसम्म पुगेको थियो ।

यस्तै आजै चाँदीको मूल्य तोलामा २ सय २५ रुपैयाँले घटेर १२ सय १० रुपैयाँ कायम भएको छ । हिजो चाँदी हालसम्मकै उच्च १४ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव आएसँगै स्थानीय बजारमा पनि सुनचाँदीको मूल्यमा फेरबदल आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा यतिबेला सुन १८ सय ९१ डलरमा कारोबार भइरहेको छ ।