
काठमाडौं । विगत तीन दिनदेखि सम्पर्कविहीन रहेका पत्रकार बलराम बानियाँले लगाएको जुत्ता बल्खु चोक नजिकै खोलामा भेटिएको छ ।
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाका अनुसार बानियाँले लगाएको जुत्ता खोलामा फेला परेको हो ।
बानियाँकी छोरीले फेला परेको जुत्ता आफ्नो बुबाको भएको पुष्टि गरेको प्रमुख थापाले जानकारी दिनुभएको छ ।
प्रहरीले अहिले जुत्ता भेटिएको ठाउँ आसपास र सम्भावित क्षेत्रमा बानियाँको खोजी कार्य गरिरहेको छ । बानियाँको मोबाइलको अन्तिम लोकेशन बल्खुमै रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्