
काठमाडौं, साउन २८ । तीन दिनदेखि बेपत्ता भएका पत्रकार बलराम बानियाँको शव मकवानपुरमा फेलापरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले बुधबार बिहान खोजी गर्नेक्रममा बल्खुनजिकै खोलामा फेलापरेको जुत्ताको उनकी छोरीले पहिचान गरेलगत्तै मकवानपुरमा मृत फेलापरेको पुष्टि भएको हो ।
तीन दिनअघि बल्खुमा खोलामा हामफालेका बानियाँलाई बचाउन खोज्दा नसकेको प्रत्यक्षदर्शीले बताएका छन् ।
खोलामा जबर्जस्ती पसेका बानियाँलाई बचाउन खोज्दा नसकेको प्रत्यक्षदर्शीको भनाइ छ ।
वाग्मती प्रदेशका प्रहरी प्रमुख वसन्त लामाले बानियाँको शव मकवानपुरस्थित माण्डुखोला जलविद्युत् आयोजनाको ड्याममा भेटिएको पुष्टि गर्नुभयो ।
बानियाँ तीन दिनदेखि सम्पर्कमा नआएपछि परिवारले पनि खोजतलासका लागि प्रहरीमा निवेदन दिएको थियो ।
कान्तिपुर दैनिकमा कार्यरत् बानियाँको शव हेटौंडा अस्पतालमा राखिएको छ ।
प्रत्यक्षदर्शीको बयान भिडियोमा हेर्नोस्
प्रतिक्रिया दिनुहोस्