
काठमाडौं, साउन २८ । शङ्खरापुर नगरपालिकामा तीनजना कोरोनाभाइरसका संक्रमित भेटिएका छन् ।
नगरपालिका–९ मा दुई र वडा नम्बर–७ मा एक गरी तीनजनामा कोरोनाभाइरस भेटिएको हो ।
वडा नम्बर–९ मा एकै परिवारका आमा र छोराको ‘पीसीआर रिपोर्ट पोजिटिभ’ आएको वडाध्यक्ष घनश्याम थापाले बताउनुभयो ।
संक्रमितको अहिले पाटन अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
त्यसैगरी, शङ्खरापुर–७, नगरपालिका भवननजिकै एकजना संक्रमित भएको पुष्टि भएको छ । बारा जिल्ला घर भएका उनी वर्कसपमा काम गर्दै आएका थिए ।
बारामा पीसीआर परीक्षण गरी दुई दिनअघिमात्रै शङ्खरापुर आएका उनलाई उपचारका लागि टेकु पठाइएको र टेकुले कीर्तिपुर पठाएको अस्पतालले जानकारी दिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्