१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राप्रपाद्वारा समिति गठन


0
Shares

politics

काठमाडौं, साउन २८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टी एकीकरणसम्बन्धी आधारपत्रमा उल्लेख गरिएका विषयको कार्यान्वयन गर्न समिति गठन गरेको छ ।

बुधबार बसेको पार्टीका अध्यक्षत्रयको बैठकले पार्टी एकीकरणसम्बन्धी आधारपत्रमा उल्लेख गरिएका विषयको थप व्याख्या र कार्यान्वयन गर्न छ सदस्यीय सुझाव समिति गठन गरेको हो ।

समितिलाई एकीकरणसम्बन्धी आधारपत्र कार्यान्वयनसम्बन्धी सुझाव दिन एक साताको समय दिइएको छ ।

समितिमा नेताहरु दीपक बोहोरा, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, विक्रम पाण्डे, राजेन्द्र लिङ्देन र श्यामप्रसाद तिमिल्सिना रहेका छन् ।

आधारपत्रको व्याख्यामा राप्रपाभित्र विवाद भएपछि दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिनसकेको छैन ।

राप्रपाभित्र मुख्यगरी अन्तरिम विधानअनुसार पार्टी दर्ता गर्ने कि नयाँ विधान बनाएर दल दर्ताको निवेदन दिने भन्नेमा विवाद छ ।

तत्कालीन राप्रपा र राप्रपा संयुक्त एकता घोषणाअघि गत फागुन २४ गते दुई पार्टीका अध्यक्षहरुले १० बुँदे आधारपत्रमा हस्ताक्षर गरेका थिए ।

सोही पार्टी एकतासम्बन्धी आधारपत्रका आधारमा फागुन २९ गते पार्टी एकता घोषणा भएको थियो ।