८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


पूर्ण साक्षर मुलुक बनाउने लक्ष्य कोरोनाका कारण अधुरो


0
Shares

education

काठमाडौं, साउन २८ । नेपाललाई आर्थिक वर्ष २०७६/७७ भित्र पूर्ण साक्षर मुलुक बनाउने सरकारको लक्ष्य कोरोना महामारीका कारण अधुरो रहन पुगेको छ ।

गत आर्थिक वर्ष २० ओटा जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने योजना रहेपनि संखुवासभा र काभ्रेपलाञ्चोकमात्र साक्षर जिल्ला घोषणा गरिएको छ ।

महामारीकै कारण पूर्ण साक्षर अभियानको लक्ष्य पूरा नभएपनि आर्थिक वर्ष २०७८/७९ सम्म यो लक्ष्य पूरा गर्ने तयारीमा शिक्षा मन्त्रालय रहेको छ ।

युनेस्कोको मापदण्डअनुसार ९५ प्रतिशत साक्षरता दर रहेको मुलुकलाई पूर्ण साक्षर मुलुक मानिन्छ । नेपालमा २४ जिल्ला पूर्ण साक्षर हुन बाँकी छन् ।

महामारीकै कारण साक्षरता अभियानका लागि छुट्ट्याइएको बजेटसमेत ‘फ्रिज’ भएको छ ।

साक्षर अभियानमा स्थानीय तहको सहभागिता कम भएपछि संघीय सरकारले लागत साझेदारी गर्दै स्थानीय तहलाईसमेत उत्तरदायी बनाउन गत आर्थिक वर्षभन्दा आधा कम बजेट छुट्ट्याएको छ ।