१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोनाविरुद्ध रुसले तयार पारेको खोपले आधिकारीक मान्यता पाइसकेको दाबी


0
Shares

काठमाडौं । कोरोना भाइरसविरुद्ध रुसले तयार पारेको खोपबारे विश्व जगतले गरेको शंकालाई रुसले बेतुकको टिप्पणी भनेको छ ।

खोपको सबै आवश्यक परिक्षण र प्रक्रिया पूरा गरिएको भन्दै रुसले अनावश्यक सन्देह नगर्न सचेत समेत गराएको छ ।

रुसका स्वास्थमन्त्री मिखाइल मुराश्कोले आफ्नो देशले खोप तयार पारेपछी अन्य देशहरुलाई जलन भएकाले आलोचना गरेको बताउनुभयो ।

रुसले मानव शरिरमा दुई महिनामात्रै परीक्षण गरेपछी यो खोपलाई स्वीकृती दिएको भन्दै जर्मनी, फ्रान्स, स्पेन, अमेरिका लगाएतका राष्ट्रका बैज्ञानिकहरुले टिकाटिप्पणी गरेका थिए ।

उनीहरुले खोपबारे सतर्क रहन सबैलाई अपिल समेत गरेका छन् । रुसी स्वास्थ्यमन्त्रीले यो खोपले आधिकारिक मान्यता पाइसकेको जिकीर गर्नुभएको छ ।

उहाँले यो खोप आगामी दुइ सातामा नै प्रयोगमा ल्याउने दाबी समेत गर्नुभएको छ । (एजेन्सी)