१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राष्ट्रपति डोनाल्ड ट्रम्प असक्षम नेता भएको बाइडेन र ह्यारिसको टिप्पणी


0
Shares

काठमाडौं । अमेरिकामा आउँदो नोभेम्बरमा हुने चुनावका लागि डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेन र उपराष्ट्रपतिका उम्मेदवार कमला ह्यारिसले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई असक्षम नेता भनि टिप्पणी गर्नुभएको छ ।

डेलावरको विल्मिङ्गटनमा भएको चुनावी सभामा बोल्दैे उहाँहरुले ट्रम्पले अमेरिकालाई धुजाधुजा पारेको आरोप लगाउनुभयो ।

बाईडेनले क्यालिफोर्नियाकी सिनेटर ह्यारिसलाई उपराष्ट्रपतिको उम्मेदवार अर्थात ‘रनिङ मेट’को रुपमा चयन गरेपछि आयोजित यो पहिलो संयुक्त चुनावी सभा हो ।

बाइडेनले आगामी नोभेम्बरमा हुने चुनावले धेरै लामो समयका लागि अमेरिकाको भविष्य निर्धारण गर्ने ठोकुवा गर्नुभयो ।

यसैगरी ह्यारिसले आफू अमेरिकाकोे हितमा लाग्ने जनाउँदैै अमेरिकालाई वास्तविकरुपले बदल्ने समय आएको जिकिर गर्नुभयो ।

पूर्वउपराष्ट्रपति बाइडेनले आउँदो नोभेम्बर ३ मा हुने चुनावमा डेमोक्रेटिक पार्टीका तर्फबाट वर्तमान राष्ट्रपति ट्रम्पको सामना गर्नुहुनेछ । एजेन्सी