
काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई)मा पाँच महिनाको अवधिमा एक सय १० जना नेपालीको मृत्यु भएको छ ।
गत मार्च ११ यता यति ठूलो संख्यामा नेपालीले ज्यान गुमाएको आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ ।
ज्यान गुमाउनेमा ५ जना महिला छन् । प्राकृतिक मृत्युवरण, आत्महत्या, हत्या, कोरोना संक्रमण र दुर्घटनाबाट उनीहरुको मृत्यु भएको दूतावासले जनाएको छ ।
कोरोनाका कारण १ जना महिलासहित ३६ जना नेपालीले युएईमा ज्यान गुमाएका छन् । कोरोनाका कारण ज्यान गुमाउने ३६ जना र अन्य कारणले ज्यान गुमाएका समेत गरी ६९ जनाको शव युएईमै अन्त्येष्टि गरिएको छ ।
दूतावासको सिफारिसमा नेपालमा रहेका परिवारको स्वीकृतिपछि स्थानीय प्रशासनको समन्वयमा शवलाई युएईमै अन्त्येष्टि गरिएको हो । यसक्रममा २६ वटा शव भने नेपाल पठाइएको छ । चारवटा शव नेपाल पठाउने क्रममा छ ।
प्रतिक्रिया दिनुहोस्