
बर्दिया । बर्दियामा कर्णाली नदीको तटबन्ध फुट्ने खतरा उच्च रहेको छ ।
पानीको बहाव बढ्दै गएपछि अस्थायी तटबन्ध समेत धमाधम भत्किन थालेको छ ।
राजापुर नगरपालिका–३ नंगापुर, तिघ्रामा नदी छेक्न बनाइएको बाँधको केही अवशेष मात्र बाँकी रहँदा अस्थायी तटबन्ध निर्माण सुरु गरिएको हो ।
हिजो अवेरसम्म अस्थायी तटबन्ध निर्माण गरीएपनि तटबन्ध भत्कदै गएको छ ।
नदीले तटबन्धको झण्डै ९५ प्रतिशत भाग भत्काएपछि अस्थायी तटबन्ध बनाउन सुरु गरिएको हो ।
कर्णाली नदीको पानी जुनसुकै बेला बस्तीमा पस्न सक्ने र जोखिम उच्च रहेको भन्दै जिल्ला प्रशासन कार्यालय बर्दियाले राजापुर नगरपालीकाका वडा नम्बर–३, ४ र ७ का बासिन्दालाई उच्च सर्तकता अपनाउन आग्रह गरेको छ । उक्त स्थानका सयौ घरका बासिन्दाहरु सुरक्षित स्थानमा सरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्