
काठमाडौं । सरकारले सपिङ मल, रेष्टुरेन्ट, होटल लगायतका व्यवसायमा संलग्न व्यवसायी तथा कर्मचारीहरुलाई अनिवार्य रुपमा आफ्नै खर्चमा पिसिआर परीक्षण गराउन आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो विज्ञप्ति जारी गर्दै यस्ता व्यवसायमा संलग्न हुने र धेरै मानिसहरुको सम्पर्कमा आउने व्यक्तिमा कोरोना संक्रमणको जोखिम बढेकोले अनियार्य पीसीआर जाँच गर्नुपर्ने जनाएको हो ।
नेपालका घना बस्ती भएका जिल्लाहरुमा विभिन्न सहरहरुमा कोभिड–१९ को संक्रमण बढ्दै गएको पछिल्लो अवस्थामा विभिन्न सपिङ मल, रेष्टुरेन्ट, होटल आदि उद्योग, व्यवसायमा संलग्न हुने व्यक्तिहरु धेरैको सम्पर्कमा आउने र जोखिम हुने अवस्था रहेको मन्त्रालयको ठहर छ ।
त्यसैले यस्ता व्यवसायमा संलग्न हुने कर्मचारी तथा व्यवसायीहरुको सम्बन्धित उद्योग व्यवसायीहरुले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गराउन सरकारले सचेत गराएको हो ।
प्रतिक्रिया दिनुहोस्