१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कोरोना महामारी: भारतले बेलायतलाई उछिन्यो, मृत्यु हुनेको संख्या ४७ हजार नाघ्यो


0
Shares

काठमाडौं । विश्वभर कोरोना भारइरसका कारण ७ लाख ४५ हजार ९ सय २३ को मृत्यु भइसकेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड १९ संक्रमित धेरै हुने मुलुकमा अमेरिका र ब्राजिल अग्र स्थनमा रहेका छन् ।

भारतको टाइम्स अफ इन्डियाले जनाएअनुसार भारत मृत्यु धेरै हुने मुलुकको चौथो स्थानमा उक्लिएको छ ।

बेलायतलाई पछि पार्दै भारत एक कदम अगाडी देखिएको हो । बेलायतमा मृत्यु हुने संक्रमितको संख्या ४६ हजार ७ सय ९१ रहेको छ । त्यहाँ मृत्यु दर पहिलेको तुलनामा कम हुँदै गइरहेको छ ।

यता भारतमा भने मृत्यु हुने दर बढ्दो छ । अमेरिकामा १ लाख ४५ हजार ९ सय २४ जना संक्रमितको मृत्यु भइसकेको छ ।

ब्राजिलमा १ लाख ३ हजार २६ जनाले ज्यान गुमाइसकेका छन् ।

मेक्सिकोमा मर्नेहरुको संख्या ५३ हजार ९ सय २९ पुगेको छ भने छिमेकी मुलुक भारतमा मात्रै ४७ हजार भन्दा धेरै संक्रमितको ज्यान गइसकेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा उल्लेख छ ।

कोरोनाबाट मृत्यु हुने मानिसको संख्यामा भारते बेलायतलाई पनि पछि पारेको हो ।