
सुनसरी । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुविधा सम्पन्न कोभिड अस्पताल सञ्चालन गरिएको छ ।
उद्घाटन गरिएको तीन महिना पश्चात कोभिड अस्पताल सञ्चालनमा ल्याइएको हो ।
सबै तयारी हुँदा समेत सञ्चालन नगरिए पछि कांग्रेस भातृ संगठन, तरुण दल, नेविसंघ र महिला संघले कोभिड अस्पताल तत्काल संचालन गर्न आन्दोलन गरेपछी प्रतिष्ठानले हिजो रातिदेखि सञ्चालन गरेको हो ।
प्रर्दशनकारीहरुले हिजो प्रतिष्ठानका उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरीको कार्यकक्षमा तालाबन्दी गरिदिएका छन् ।
तयारी अवस्थाको कोभिड अस्पताल सञ्चालन नगरी प्रतिष्ठानले धर्मशालामा संक्रमित बिरामीहरुलाई राखेर उपचार गराउँदै आएको थियो ।
हिजोबाट लेभल थ्री कोभिड अस्पतालमा विरामीहरुलाई लगेर उपचार गराउन सुरु गरिएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्