
फाइल फोटो
स्याङ्जा । भीरकोट नगरपालिका स्थित हेलु बजारमा पहिरो जाँदा सिदार्थ राजमार्ग अवरुद्ध भएको छ ।
गएराति देखि परेको अविरल वर्षाका कारण आज बिहान हेलु माथिको जंगलबाट ठूलो पहिरो खस्दा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।
राजमार्गमा करिब ५० मिटर जति बाटो पहिरोको कारण पुरिएकाले सयौँको संख्यामा सवारीसाधन र यात्रुहरु अलपत्र परेका छन् ।
एम्बुलेन्स र अत्यावश्यक कामका सवारीसाधन समेत पहिरोको कारण बाटोमै रोकिएका छन् ।
प्रतिक्रिया दिनुहोस्