३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


रातको समयमा कामदार भित्र्याएको भन्दै सिमरास्थित जगदम्बा स्टिलमा तालाबन्दी


0
Shares

बारा । पथलैया वीरगञ्ज औद्योगिक करिडोरको सिमरास्थित जगदम्बा स्टिल प्रालिमा स्थानीयले तालाबन्दी गरेका छन् ।

करिडोरको सबैभन्दा ठूलो उद्योग जगदम्बा स्टिलले मध्यरातमा कामदार भित्र्याएको भन्दै स्थानीयले घेराउ गरेर जनप्रतिनिधि र सुरक्षाकर्मीकै उपस्थितिमा उद्योगको मुल गेटमा तालाबन्दी गरेका हुन् ।

केही दिनअघि मात्रै जगदम्बा स्टिलमा कार्यरत संक्रमित मजदुर ११ मध्ये ६ जना क्वारेन्टिनमा बसेका छन् भने बाँकी ५ जना बेपता छन् ।

मध्यरातमा ट्रकबाट मजदुर उद्योगमा भित्र्याउँदै गर्दा स्थानीयले सवारी साधनसहित मजदुरलाई नियन्त्रणमा लिएर तालाबन्दी गरेका थिए ।

११ जना संक्रमितको कन्ट्याक ट्रेसिङ्ग गर्न उद्योगले चासो नदेखाएको र सुरक्षाको मापदण्ड पालन नगरी उद्योगका मजदुर आवतजावत गरेपछि स्थानीयले केही दिन यता विरोध गर्दै आएका छन् ।

स्थानीयको विरोधपछि हिजो दिउँसो सिमरामा जगदम्बा स्टिलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, जितपुर सिमराका प्रमुख उपप्रमुख वडाअध्यक्षसहितकोे बैठकले उद्योगमा कार्यरत ५ जना सम्पर्कविहीन मजदुरलाई उद्योगले तत्काल ल्याउने सहमति भएको थियो ।

त्यसैगरी प्रशासनको निर्देशन विना केही काम नगर्ने सहमति भएपनि रातको समयमा मजदुर भित्र्याएको स्थानीयको आरोप छ ।

उद्योगमा कार्यरत तीन हजारभन्दा बढी मजदुरमा ७५ प्रतिशत भारतीय नागरिक रहेका छन् ।

लकडाउन खुलेसँगै भारतबाट मजदुरहरु निर्वाध रुपमा काममा फर्किएको भन्दै पटक पटक स्थानीयले प्रशासनको ध्यानाकर्षण गराउँदै आएका छन् ।