२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सुदूरपश्चिममा ४,०८३ कोरोना संक्रमित निको भए


0
Shares

mask corona dadeldhura

बिराज रोस्यारा (इमेज)

कैलाली, साउन २९ । सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पताल र स्थानीय तहमा बनाइएका ‘आइसोलेसन’बाट थप २८ जना कोरोना संक्रमित ‘डिस्चार्ज’ भएका छन् ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले कोरोनामुक्त भएपछि थप २८ जनालाई डिस्चार्ज गरिएको जानकारी दिनुभयो ।

बैतडीका १४, कञ्चनपुरका १२ र डोटीका दुईजनालाई डिस्चार्ज गरिएको उहाँले बताउनुभयो ।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमणमुक्त भएर घर फर्कनेको संख्या चार हजार ८३ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयकाअनुसार अहिलेसम्म सबैभन्दा बढी कैलालीका एक हजार १०३, अछामका ६६७, डोटीका ५७५, कञ्चनपुरका ५६६, बैतडीका ३१८, डडेल्धुराका २९९ जनालाई डिस्चार्ज गरिएको छ ।

यस्तै, बाजुराका ४३५, बझाङका १०७ र दार्चुलाका १३ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ ।

अहिलेसम्म सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार ९५८ पुगेको छ । १० जना संक्रमितको मृत्यु भइसकेको छ ।

संक्रमण पुष्टि भएका र लक्षण देखिएका ५६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

टीकापुर अस्पतालमा ३४, जिल्ला अस्पताल अछाममा १०, महाकाली र सेती प्रादेशिक अस्पतालमा चार/चार, जिल्ला अस्पताल डोटी र मालाखेती अस्पतालमा दुई/दुईजनाको उपचार भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

अरु संक्रमित भने स्थानीय तहको आइसोलेसन र घरमै रहेका छन् ।