
सिन्धुली, साउन २९ । ‘प्रेसरकुकुर बम पड्काइदिन्छु’ भन्दै धम्क्याएको आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–७, श्रीदमारका २९ वर्षीय रोशन भनिने भरत अधिकारी हुन् ।
सिन्धुली प्रहरीले उनलाई बिहीबार बिहान उनकै घरबाट पक्रेको हो ।
उनीमाथि स्थानीय खर्कमाया आलेको घरमा ‘प्रेसरकुकर बम पड्काइदिन्छु’ भन्दै धम्की दिएको आरोप छ ।
सो सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्