१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


शिक्षा मन्त्रालय नयाँ शैक्षिकसत्र खेर नफाल्ने विकल्पको खोजीमा


0
Shares

school

दीपेन्द्र अधिकारी र विनोद बजगाईं (इमेज)

भक्तपुर, साउन २९ । कोरोना महामारीका कारण अरु क्षेत्रजस्तै शैक्षिक क्षेत्रमा व्यापक असर परेको छ । पठानपाठन अस्तव्यस्त भएको छ ।

रोकिएका परीक्षा सञ्चालन हुनसकेका छैनन् भने नयाँ शैक्षिकसत्रका कार्यक्रमहरु प्रभावित भएका छन् ।

शिक्षा मन्त्रालय भने अहिले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउँछ ।

पाँच महिनासम्म विद्यार्थीकोे अभिलेखीकरण, विद्यालय पहिचान र शिक्षक–विद्यार्थीको सम्पर्क गराउन नसकेको शिक्षा मन्त्रालय नयाँ शैक्षिकसत्र खेर नफाल्ने विकल्पको खोजीमा छ ।

संक्रमणको जोखिमका कारण अन्योलमा परेको शैक्षिकसत्रलाई कसरी व्यवस्थित गर्ने भन्नेबारे ठोस निर्णय गर्न नसकेको मन्त्रालयले विकल्पबारे गृहकार्य गर्ने जिम्मा पाठ्यक्रम विकास केन्द्रलाई सुम्पिएको छ ।

केन्द्र भने मंसिरबाट नियमित कक्षा सञ्चालन नहुने अवस्था आएमात्र अन्य विकल्पबारे सोच्नुपर्ने र अहिले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउँछ ।

पाठ्यक्रम प्रारूप २०७६ मा कक्षा–१ देखि ३ सम्म ८३२ कार्यघन्टा र कक्षा–४ देखि १० सम्म एक हजार २४ कार्यघन्टा हुने व्यवस्था छ ।

स्थिति सामान्य रहेको अवस्थामा कात्तिक महिनाभित्रमा विद्यालय सञ्चालन हुने वातावरण रहेमा विद्यालय समय बढाएर, सार्वजनिक बिदा, चाडपर्व बिदालगायतका बिदाहरु कटौती गरेर पाँच महिनाको अवधिमा ९०० कार्यघन्टा पढाउन सकिन्छ ।

अब विद्यालयमा गएर पढाइमात्र गर्नेभन्दा शैक्षिक पद्धतिमा सुधार गर्दै विद्यालय, घर र समाजमा विद्यार्थीलाई जीवनोपयोगी सिकाइ सिकाए यसबाट विद्यार्थी लाभान्वित हुने देखिन्छ ।

२५ करोड रुपैयाँ खर्च गरेर सुरु गरेको वैकल्पिक सिकाइ विधिमा बालबालिका जोडिए/नजोडिएको विषयमा मन्त्रालय दुई महिनासम्म खासै जानकार देखिँदैन ।

तर, नयाँ शैक्षिकसत्र सुरु गर्दा भने वैकल्पिक सिकाइ विधिको मूल्यांकन गरेर कार्यघन्टा समायोजन गर्ने तयारीमा पाठ्यक्रम विकास केन्द्र रहेको छ ।

भिडियो हेर्नुहोस्