
काठमाडौं । इजरायल र संयुक्त अरब इमिरेट्स (यूएई) को सम्बन्धलाई सामान्य बनाउन दुई देशबीच सम्झौता भएको छ ।
यो सँगै इजरायलले कब्जा गरेको वेस्ट ब्याङ्कका थप भाग विस्तार गर्ने विवादास्पद योजना रद्द गर्न सहमत भएको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो एउटा आश्चर्यजनक वक्तव्यमार्फत उक्त जानकारी दिनुभएको हो ।
राष्ट्रपति ट्रम्पले यो सम्झौता गराउन मध्यस्थकर्ताको भूमिका खेल्नुभएको थियो । इजरायल र यूएईले उक्त सम्झौतालाई ऐतिहासिक शान्तिको दिशामा एउटा सफलता भनेको छ ।
हालसम्म कुनै पनि खाडी अरब देशहरूसँग इजरायलको कूटनीतिक सम्बन्ध स्थापना भएको छैन । तर इरानलाई लिएर बढ्दो सांझा चिन्ताले उनीहरूबीच सम्पर्क गराएको हो । एजेन्सी
प्रतिक्रिया दिनुहोस्