चितवन । भरतपुर अस्पतालको आकस्मिक कक्ष सिल गरिएको छ । अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक नर्सलाई कोरोना सङ्क्रमण पुष्टि भए पछि आकस्मिक कक्ष सिल गरिएको हो ।
अस्पतालद्वारा जारी सूचनामा अर्को जानकारी नगराइएसम्मका लागि अस्पतालको आकस्मिक कक्ष सिल गरिएको जनाइएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा अस्पतालको सोही कक्षमा कार्यरत २५ वर्षीया नर्समा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
नर्समा सङ्क्रमण देखिएपछि सो कक्ष सिल गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्