
तनहुँ । भानु नगरपालिकामा एकै पटक २० जनालाइ कोरोना पुष्टि भएको छ । नगरपालिकाको वडा नम्बर १ का २० जनामा कोरोना पुष्टि भएको हो ।
क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगाशालामा गरिएको परिक्षणमा भानु नगरपालिकाको एउटै वडका १४ पुरुष र ६ महिलालाइ कोरोना देखिएको हो ।
यता सिङ्गो गाउँमा नै कोरोना देखिएपछि नगरपालिका र आसपास क्षेत्रमा त्रास फैलिएको छ ।
प्रतिक्रिया दिनुहोस्