
काठमाडौं । कालिकोटको महाबै गाउँपालिका वडा नम्बर ३ नकु भन्ने स्थानमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ ।
गएराति आएको पहिरोले वडा सदस्य रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको हो ।
पहिरोमा परि वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर विष्टका दुई छोरी गरी छ जनाको मृत्यु भएको बताईएको छ ।
सुरक्षाकर्मी र स्थानीय वासिन्दाले उद्धारको प्रयास गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटले पहिरोमा परि ६ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्