
सिरहा । कोरोनाका कारण सिरहामा थप एक पुरुषको मृत्यु भएको छ । सिरहाको विष्णुपुर गाउंपालिका १ गौरीपुरका ४० वर्षीय पुरुषको कोरोनाका कारण कोसी अञ्चल अस्पताल विराटनगरमा गएराती मृत्यु भएको हो ।
ज्वरो, टाइफाईड र स्वाश प्रश्वासमा समस्या देखिएपछि उनलाई उपचारका लागि बुधबार विराटनगर लगिएको थियो ।
घरमै उपचार गराइरहेका उनलाई असहज महसुस हुन थालेपछि विराटनगरस्थित कोशी अस्पताल लगिएको थियो ।
विराटनगरमा उनको आईसोलेशनमा राखेर उपचार गरिएको र मृत्युपश्चात स्वाबको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।
उनको मृत्युपछि विष्णुपुरमा आजदेखि बिहान ४ बजेदेखि दिउँसो ५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।
मृतकको सम्पर्कका आएका सबै व्यक्तिको पिसिआर परीक्षण गरिने बताइएको छ । योसहित कोभिड १९ का कारण सिरहामा मृत्यु हुनेको संख्या २ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्