
बिराज रोस्यारा (इमेज)
कैलाली, साउन ३० । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घन्टामा एक हजार बढीको कोरोना परीक्षण गरिएको छ ।
धनगढीस्थित सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरी एक हजार ३० जनाको ‘पीसीआर’ परीक्षण गरिएको हो ।
यो अहिलेसम्म २४ घन्टामा गरिएको परीक्षणको सर्वाधिक संख्या हो ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ८८९ र डडेल्धुरा अस्पतालको प्रयोगशालामा १४१ जनाको परीक्षण गर्दा पाँचजनामा संक्रमण पुष्टि भएको छ ।
प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले शुक्रबार पछिल्लो २४ घन्टामा ८८९ जनाको कोरोना परीक्षण गरिएकोमा एक महिला र तीन पुरुष गरी चारजनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
उहाँकाअनुसार थपिएका चारैजना संक्रमित अछामका हुन् ।
यस्तै, डडेल्धुरा अस्पतालको कोरोना परीक्षण प्रयोगशालाका इन्चार्ज ईश्वरीप्रसाद भुसालले बझाङका बित्थडचीर गाउँपालिका वडा नम्बर–६ का २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको बताउनुभयो ।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार ९७४ पुगेको छ ।
संक्रमण पुष्टि भएकामध्ये चार हजार ८३ जना ‘डिस्चार्ज’ भएका छन् । ११ जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्