१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पहिरोमा बेपत्ता भएकाहरुको खोजी र उद्धारकार्यमा जुट्न निर्देशन


0
Shares

prachanda sher bahadur deuwa

काठमाडौं, साउन ३० । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२, लिदी र कालिकोटको महाबै गाउँपालिका–३ को पहिरोमा परेर बेपत्ता भएकाहरुको खोजी र उद्धारकार्यमा जुट्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।

अध्यक्ष दाहालले पहिरोमा परी मृत्यु भएकाहरुमा पार्टीको तर्फबाट श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

उहाँले वर्षायाममा पहाडी भेगमा हुने पहिरोको जोखिम न्यूनीकरणका लागि दीर्घकालीन समाधान खोज्न माग गर्नुभएको छ ।

समवेदनाअविरल वर्षापछि आएको पहिरोका कारण शुक्रबार बिहान सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–२, लिदीमा १३ घर पुरिँदा…

Posted by क. प्रचण्ड / Comrade Prachanda on Friday, August 14, 2020

पहिरोपीडितहरुलाई बासस्थानको प्रबन्ध गर्न माग
यस्तै, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोक र कालिकोटमा गएको पहिरोका कारण घरबास गुमाएकाहरुलाई तत्काल सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न सरकारसँग माग गर्नुभएको छ ।

सभापति देउवाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् पहिरोपीडितहरुलाई बासस्थानको प्रबन्ध गर्न सरकारसँग माग गर्नुभएको हो ।

सभापति देउवाले पहिरोप्रभावित परिवारलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै घाइतेहरुको तत्काल उपचार गर्ने प्रबन्ध मिलाउन सरकारसँग आग्रह गर्नुभएको छ ।

यता, कांग्रेसको भ्रातृसंगठन नेपाल तरुण दलले सिन्धुपाल्चोक मातहतका कार्यसमितिहरुलाई पहिरोप्रभावित क्षेत्रमा राहत तथा उद्धारकार्यमा खटिन निर्देशन दिएको छ ।

अध्यक्ष जीतजँग बस्नेतले विज्ञप्ति जारी गर्दै जिल्ला, क्षेत्र, पालिका र वडा समितिहरुलाई पहिरोप्रभावितहरुको उद्धार, राहत र स्थानान्तरण कार्यमा जुट्न निर्देशन दिनुभएको हो ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी र कालिकोटको महाबै गाउँपालिका–३ मा गएको पहिरोमा परी बेपत्ता भएका व्यक्तिहरुको…

Posted by Sher Bahadur Deuba on Friday, August 14, 2020