
काठमाडौं । च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनल खेलमा बार्सिलोनाले बायर्न म्युनिखसंग लज्जास्पद हार व्यहोरेको छ ।
गएराति भएको खेलमा बार्सिलोनाले जर्मन क्लब बायर्न म्युनिखसंग ८–२ को लज्जास्पद हार ब्यहोरेको हो ।
बायर्नको जितमा थोमर मुलर र फिलिप कोटिन्होले समान २-२ गोल गरे । मुलरले चौथो र ३१ औँ तथा कोन्टिन्होले ८५ र ८९ औँ मिनेटमा गोल गरेका हुन् ।
इभान पेरिसिकले २१ औँ, सर्गेई ग्नाब्रीले २७ औँ, जोशुआ किमिचले ६३ औँ तथा रोबर्ट लेवान्डोस्कीले ८२ औँ मिनेटमा गोल गरेका हुन् ।
पहिलो हाफमा चार गोल गरेको बार्यनले दोस्रो हाफमा पनि चार गोल गरेको हो ।
खेलको सातौँ मिनेटमा डेविड अलाबाले एक आत्मघाति गोलपछि बार्सा खेलमा फर्केपनि त्यसपछि लगातार गोल खायो । बायर्नले पहिलो र दोस्रो हाफमा ४-४ गोल गर्यो ।
बार्साका लागि एकमात्रै गोल ५७ औं मिनेटमा लुइस स्वारेजले गरेका थिए । शानदार जितसँगै बायर्नले अन्तिम चारमा स्थान पक्का गरेको छ ।
प्रतिक्रिया दिनुहोस्