१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भरतपुर कोभिड-१९ परीक्षण प्रयोगशाला २४ सै घण्टा संचालनमा आउने


0
Shares

चितवन । चितवनको भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशाला २४ सै घण्टा संचालनमा आउने भएको छ ।

समुदायका व्यक्ति र अस्पतालमा कार्यरत चिकित्सकहरुमासमेत कोरोना संक्रमण देखिन थालेपछि सेवा चुस्त दुरुस्त बनाउन ल्याव २४ सै घण्टा संचालन गर्ने निर्णय भएको भरतपुर अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारीले जानकारी दिनुभयो ।

परीक्षणको दायरा वढाउने, स्वास्थ्य सल्लाहमा प्रभावकारीता ल्याउने र राज्यबाट जनताले पाउने सेवालाईसमेत अस्पतालले प्रभावकारी कार्यान्वयनमा ल्याउने जनाइएको छ ।

निजी अस्पतालहरुलाईसमेत कोरोना संक्रमितको उपचारका लागि २० प्रतिशत वेड छुट्याउन आह्वान गरीएको छ ।

चितवनलाई ७५ भेन्टिलेटर, १ सय ५० आइसीयु र ३ सय आइसोलेसन वेडको व्यवस्थापन गरिने भएको छ ।

भरतपुर महानगरपालिका भित्र कोरोना संक्रमितको संख्या ९९ पुगेको जनस्वास्थ्य अधिकृत दिपक सुवेदीले जानकारी दिनुभयो ।